काठमाडौँ । न्याय माग्दै संघीय संसद भवन प्रवेश गरेका लघुवित्त पीडितविरुद्द मुद्धा चलाउने तयारी गरिएको छ । उनीहरुविरुद्ध प्रहरीले अराजक गतिविधिमा मुद्दा चलाउने तयारी गरेको हो ।
प्रहरीले फागुन १४ गते (सोमबार) न्याय माग्दै बानेश्वरस्थित संघीय संसद भवन प्रवेश गरेका ४९ जनालाई प्रहरीले पक्राउ गरेको थियो । जसमध्ये ४८ जना महिला र १ जना पुरुष रहेका छन् । ती मध्ये संसद भवन प्रवेश गर्न उक्साउने र अराजक गतिविधि गर्नेको पहिचान गरी मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
हाल उनीहरुको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेर अराजक गतिविधि गर्ने र उक्साउनेहरुको पहिचान गरी उनीहरुविरुद्ध मुलुकी अपराध संहिता–२०७४ अनुसार सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिइने प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।
हाल लघुवित्त पीडितहरु संसद भवन प्रवेश गरेको घटनाबारे छानविन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समितिसमेत गठन गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्