काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज हरियो खुर्सानीको मूल्य बढेको छ । खुर्सानी ४० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी १३० रुपैयाँमा किनबेच भईरहेको छ ।
नेपाली ठुलो गोलभेडा न्युनतम ५० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, सानो गोलभेडा (टनेल) २५, लोकल सानो गोलभेडा २० रुपैयाँ, तराईको सानो गोलभेडा २५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३२ रुपैयाँ, भारतीय रातो आलु ३४ रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ८५ रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, तराईको गाजर २५ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, बन्दा (नरिवल) २०, स्थानीय काउली ३० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ३५ रुपैयाँ, रातो मुला ४० रुपैयाँ, सेतो मुला लोकल २५ रुपैयाँ, सेतो मूला (हाइब्रीड) ३० रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ७०, मटरकोशा ८० रुपैयाँ, लोकल घ्यु सिमि १५०, घ्यु सिमि हाइब्रिड १५०, घ्यु सिमि राजमा ११०, टाटे सिमि १०० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तितो करेला १२०, लौका ६०, परवर २८०, फर्सी पाकेको ४५, हरियो फर्सी (लाम्चो) ५०, हरियो फर्सी (डल्लो) ५०, सलगम ७०, भिण्डी ११०, सखरखण्ड ६०, बरेला ५०, पिडालु ९०, स्कुस ४० रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, पालुंगो ५० रुपैयाँ, चम्सुरको साग ५० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ मेथीको साग ५० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज ७०, बकुला ८०, तरुल ७०, कन्य च्याउ १३०, डल्ले च्याउ ३२०, कुरिलो १२००, न्युरो ८०, ब्रोकाउली ४०, चुकन्दर ६०, रातो बन्दा ५०, सजीवन १४०, जिरीको साग ६०, ग्याठ कोबी ६०, सेलेरी ९०, पार्सले १५०, सौफको साग ५०, पुदिना ३५०, इमली १५०, तामा ९०, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २००, हरियो खुर्सानी १३०, सुकेको खुर्सानी ४००, खुर्सानी हरियो (बुलेट) १३०, खुर्सानी हरियो (माछे) ९०, अकबरे खुर्सानी २८०, भेडे खुर्सानी ९०, हरियो लसुन १३०, हरियो धनिया ६०, चाइनिज सुकेको लसुन २४०, छ्यापी हरियो १२०, रुख टमाटर १४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, झोले स्याउ २००, फुजी स्याउ ३००, केरा (दर्जन) १२०, कागती २४०, अनार २८०, हरियो अंगुर १२०, कालो अंगुर १८०, नेपाली सुन्तला १५०, भारतीय सुन्तला ९०, हरियो तर्बुजा ५०, मौसम १४०, जुनार २२०, भुई कटहर प्रति गोटा १४०, लोकल काक्रो १२०, हाइब्रिड काक्रो ५०, रुख कटहर ११०, निबुवा ५०, चाइनीज नासपाती २२०, नेपाली मेवा ७०, भारतीय मेवा ६०, अम्बा १५०, लप्सी ११०, उखु ७० प्रति गोटा, किनु ९०, अमला ८० र स्ट्रबेरी २०० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।