Skip to content
LAXMI SUNRISE BANK

स्टार्टअप र उद्यमशिलता प्रवर्धनमा राष्ट्रिय नीति संवाद कार्यक्रम सम्पन्न

अर्थ सरोकार

काठमाडौं। नेपाली युवा उद्यमी मञ्चले आइएलओ-सेल परियोजनासँगको सहकार्यमा फागुन १५ गते राष्ट्रिय नीति संवाद २०२४ सम्पन्न गरेको छ । कार्यक्रम होटल हिमालयमा सफलतापूर्वक सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एकनारायण अर्याल थिए भने विशेष अतिथिका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तर्फबाट खोमराज कोइरालाको उपस्थिति रहेको थियो ।

उद्धघाटन सत्रमा आभूषण ज्योति कंसाकार, नेपाली युवा उद्यमी मञ्चका स्टार्टअप अध्यक्षले देशमा स्टार्टअपको स्थिति, चुनौति, अवसरहरु र स्टार्टअपहरूको उत्कृष्ट अभ्यासहरू साझा गरेका थिए। कंसाकारले सरकारसँग युवा उद्यमीहरूको दबाबपूर्ण मागलाई जोड दिँदै उनीहरूको आवश्यकतालाई गम्भीरतापूर्वक विचार गर्न आग्रह गरे ।

त्यस्तै, कार्यक्रमको दोस्रो सत्रमा प्यानल छलफल भएको थियो । जसमा धनीराम शर्मा (सहसचिव, अर्थ मन्त्रालय), जिबलाल भुसाल (सहसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय), अन्जन श्रेष्ठ (वरिष्ठ उपाध्यक्ष-एफएनसीसीआइ), निविता प्रधान (द्वितीय उपाध्यक्ष नेपाली युवा उद्यमी मञ्च राष्ट्रिय गभर्निङ काउन्सिल), र प्रकाश शर्मा (राष्ट्रिय परियोजना संयोजक, आइएलओ) रहेका थिए ।

छलफलमा सरकार र युवा उद्यमीहरूबीचको सहकार्यलाई बढावा दिने महत्वपूर्ण पक्षहरूमा छलफल भएको थियो । विभिन्न युवा उद्यमीहरू, विद्यार्थीहरू, सञ्चारकर्मीहरू र विशिष्ट अतिथिहरूको उपस्थितिमा, कार्यक्रमले नेटवर्किङ र ज्ञान आदानप्रदानको लागि मञ्च प्रदान गरेको थियो । साझेदार संस्थाहरूको समर्थनले संवादमा महत्त्वपूर्ण मूल्य थपेको आयोजकले जनाएको छ ।

कार्यक्रमको समापन नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष सहारा जोशीले हार्दिक आभार प्रकट गर्दै, सबै सहभागीहरूलाई कृतज्ञता व्यक्त गर्दै युवाहरूलाई उद्यमशील परिदृश्यमा सशक्त बनाउन निरन्तर सहयोगको महत्त्वमा जोड दिइन्।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK