×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार २८.६८ अंकले घट्यो नेप्से परिसूचक

PRIME CA
GLOBAL IME BANK

बिहीबार २८.६८ अंकले घट्यो नेप्से परिसूचक

१७ फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२.०९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३०९ कम्पनीको ७४ लाख ४६ हजार ९ सय ९१ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५९ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको ११ करोड १३ लाख १० हजार ३ सय ४६ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बिशाल बजार कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।यस अलवा मनकामना स्मार्ट लघुवित्त, मानुषी लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था, एनएमबी ५० र बिशाल बजार कम्पनीका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको ११ करोड १३ लाख १० हजार ३ सय ४६ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा जोशी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट नेपाल, शिवम् सिमेन्ट र ङ्गादी ग्रुप पावरमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । जोशी हाइड्रोपावरमा यस्तो गिरावट आउँदा अपर स्याँगे हाइड्रोपावर, मोलुङ्ग हाइड्रोपावर, इङ्ग्वा हाइड्रोपावर र एनआइसी एशिया ग्रोथ फण्ड-२ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: