×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

PRIME CA

शुक्रबार बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

१८ फाल्गुन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ६०० रुपैयाँले बढेर एक लाख १९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १३९० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख दुई हजार २५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख एक हजार ५ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११९२ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: