×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

द क्लिफमा ‘कमाण्डो’ तालिमअन्तर्गत प्रहरीका प्रशिक्षार्थीको ‘बञ्जी जम्प’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

द क्लिफमा ‘कमाण्डो’ तालिमअन्तर्गत प्रहरीका प्रशिक्षार्थीको ‘बञ्जी जम्प’

Artha Sarokar

२० फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। नेपाल प्रहरीको ‘प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) तालिम’ अन्तर्गत नवौं समूहमा तालिमरत प्रहरीहरु बञ्जी जम्प गर्न कुश्मा स्थित द क्लिफ पुगेका छन् । प्रहरी युक्ति तालिम महाविद्यालयले १ सय १४ जना प्रशिक्षार्थी प्रहरीहरूलाई बिहिबारर, शुक्रबार र शनिबारसम्म बन्जी जम्प योजना रहेको छ ।

तालिम संयोजक प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलको संयोजनमा क्लिफमा प्रहरीहरूलाई बञ्जी जम्प गराउन लागिएको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले जानकारी दिए ।

यसअघि समेत प्रहरीले तालिम अन्तर्गत विभिन्न साहसिक खेलहरूमा आफ्ना प्रहरीहरूलाई सहभागी गराउँदै आएको छ ।

क्लिफका अध्यक्ष राजु कार्कीले नेपाल प्रहरीको तालिमको हिस्सा बन्न पाउँदा खुशी भएको बताए ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ । सो बन्जी जम्पका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी