×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भैरहवामा चार तारे होटल ‘ल्याण्डमार्क’ संचालनमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भैरहवामा चार तारे होटल ‘ल्याण्डमार्क’ संचालनमा

Artha Sarokar

२० फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। ल्याण्डमार्क होटल एण्ड रिसोर्टले भैरहवामा नयाँ चार तारे होटल सञ्चालनमा ल्याएको छ । एक महिना अघिदेखि नै सफ्ट लञ्च भएर सञ्चालनमा आएको भए पनि शनिबार होटलको ग्रान्ड ओपनिङ भएको छ । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले होटलको उद्धघाटन गरेका हुन्।

भारतीय पर्यटक नेपाल भित्रिने मुख्य नाका बेलहिया नाकाबाट जम्मा तीन किलमोटरको दूरीमा रहेको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ मा रहेको सिंगापुर कोलनीमा करिब डेढ विगाहा जग्गामा चार तारे होटल ल्याण्डमार्क भैरहवा निर्माण भएको छ । अहिले प्रारम्भिक चरणमा एक जनाले फुल टाइम रोजगारी पाएका छन् । होटलको निर्माण पाँच वर्ष लगाएर भएको छ ।

प्रमुख कार्यकारी अधिकृत पाण्डेले उद्घाटनपछिको पत्रकार सम्मेलनमा होटललाई भारतीयहरूको वेडिङल डेस्टिनेशनको रूपमा विकास गरेर लैजान खोजिएको बताए । उनले अहिले भारतीय नागरिकले प्रतिव्यक्ति पाँच हजार डलरसम्म नेपालमा खर्च गर्न सक्नेगरी भारतीय कानुनमा व्यवस्था भएकाले एकै परिवारका सदस्य चार जनाले २० हजार डलरसम्म खर्च गर्न सक्ने भएकाले वेडिङ पार्टीहरू सञ्चालनको हव बनाउन सकिने सम्भावना रहेको बताए ।

पाण्डेले यस्तो आर्थिक मन्दीको समयमा समेत नयाँ होटल सञ्चालन गरेर नेयाली युवाका लागि नेपालमै रोजगारी सिर्जना गर्न चाहेको बताए । उनले आफ्नो परिवारका चार जना छोराहरू समेत विदेशमा पढेर स्वदेशमा फर्किएर पर्यटन क्षेत्रमै काम गरिरहेको बताए । पाण्डेले निकट भविष्यमा बर्दिया, चितवनको लेबुवाघाट लगायतको ठाउँमा पनि होटल खोल्न सम्भाव्यता अध्ययनको काम भैरहेको जानकारी दिए ।

ल्याण्डमार्कको सबै कोठा र शौचालयमा सूर्यको प्रकाश छिर्नेगरी होटलको डिजाइन गरिएको छ । होटलमा एक जना क्षमताको स्काइ बार रहेको छ । पाण्डेले पाँच वर्षअघिसम्म पनि नेपालको पर्यटन क्षेत्र भनेको विदेशी बस्नुपर्छ र उनीहरूले खानुपर्छ भन्ने सोचको भए पनि विस्तारै आन्तरिक पर्यटन प्रवर्द्धनले त्यस्तो भास्यको अन्त्य हुँदै गएको बताए ।

पाण्डेले ल्याण्डमार्कले रैथानो फुडहरूको प्रवर्द्धन गर्ने, हराइरहेका नेपाली फुडको सम्वर्द्धन र प्रवर्द्धन गर्दै अघि बढ्ने बताए । उनले कोभिडका कारण सबैभन्दा पीडित बनेको पर्यटन क्षेत्र विस्तारै माथि उठ्ने क्रममा रहेको बताए । उनले संसारमा कोभिडसँगसँगै व्यपार गर्नुपर्छ भन्ने मान्यता विकास हुँदा नेपालमा पनि केही सहज भएको बताए ।

त्यस्तै ल्याण्डमार्कका सञ्चालक आशा गुरूङले कोठाहरूको डिजाइन धेरै राम्रो रहेको र निर्माणमा जर्मन प्रविधिको प्रयोग गरिएको बतईन् । उनले ६ महिनाभित्र १० हजारस्क्वारफिटको हल निर्माण गरिने जानकारी समेत दिइन् । गुरूङले उक्त हल भैरहवाको सबैभन्दा ठूलो हुने पनि दाबी गरिन् । हलमा हुने कार्यक्रममा विदेशीलाई भन्दा स्थानीयलाई ५० प्रतिशत छुट दिने उनले बताइन् ।

प्रारम्भमा होटलले डिलक्स, सुपर डिलक्स, फेमिली र जुनियर स्वीट गरी ५० कोठासहितको सेवा सुरू गरेको छ । होटलमा आउने पाहुनाका लागि भैरहवा विमानस्थलसम्म र बेलहिया नाकाबाट आउने र जाने यातायातको सुविधा समेत उपलब्ध गराएको होटल व्यवस्थापनले जनाएको छ । होटलका कतिपय कोठाबाट रिभरभ्यू समेत देख्न सकिने छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी