काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भएको छ ।
नेपाली ठुलो गोलभेडा न्युनतम ५० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, सानो गोलभेडा (टनेल) ३०, लोकल सानो गोलभेडा २५ रुपैयाँ, तराईको सानो गोलभेडा ३० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३२ रुपैयाँ, भारतीय रातो आलु ३४ रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ८४ रुपैयाँ, तराईको गाजर २५ रुपैयाँ, लोकल बन्दा २८ रुपैयाँ, बन्दा (नरिवल) २५, स्थानीय काउली ४० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ५० रुपैयाँ, रातो मुला ५० रुपैयाँ, सेतो मुला लोकल २५ रुपैयाँ, सेतो मूला (हाइब्रीड) ३० रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ, भन्टा डल्लो ६०, मटरकोशा १०० रुपैयाँ, लोकल घ्यु सिमि १५०, घ्यु सिमि हाइब्रिड १५०, घ्यु सिमि राजमा १२०, टाटे सिमि १०० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तितो करेला १२०, लौका ६०, परवर ३००, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ५०, हरियो फर्सी (डल्लो) ५०, सलगम ७०, भिण्डी १००, सखरखण्ड ६०, बरेला ६०, पिडालु ८०, स्कुस ४० रहेको छ । त्यस्तै, रायो साग ५० रुपैयाँ, पालुंगो ९० रुपैयाँ, चम्सुरको साग ९० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ मेथीको साग ९० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज ८०, बकुला ७०, तरुल ७०, कन्य च्याउ १००, डल्ले च्याउ ३४०, कुरिलो १०००, न्युरो ८०, ब्रोकाउली ५०, चुकन्दर ६०, रातो बन्दा ५०, सजीवन १४०, जिरीको साग ६०, ग्याठ कोबी ५०, सेलेरी ९०, पार्सले १८०, सौफको साग ९०, पुदिना २५०, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २००, हरियो खुर्सानी ११०, सुकेको खुर्सानी ४००, खुर्सानी हरियो (बुलेट) १००, खुर्सानी हरियो (माछे) ८०, अकबरे खुर्सानी २८०, भेडे खुर्सानी ९०, हरियो लसुन १३०, हरियो धनिया ६०, चाइनिज सुकेको लसुन २२०, छ्यापी हरियो १२०, रुख टमाटर १४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, झोले स्याउ २००, फुजी स्याउ ३००, केरा ९दर्जन० १२०, कागती २४०, अनार २८०, हरियो अंगुर १२०, कालो अंगुर १८०, नेपाली सुन्तला १५०, भारतीय सुन्तला ९०, हरियो तर्बुजा ५०, मौसम १४०, जुनार २२०, भुई कटहर प्रति गोटा १४०, लोकल काक्रो १२०, हाइब्रिड काक्रो ५०, रुख कटहर ११०, निबुवा ५०, चाइनीज नासपाती २२०, नेपाली मेवा ७०, भारतीय मेवा ६०, अम्बा १५०, लप्सी ११०, उखु ७० प्रति गोटा, किनु ९०, अमला ८० र स्ट्रबेरी २०० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्