काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सबै पूराना मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । नेपाली काँग्रेस र एकीकृत समाजवादीसँगको पूरानो सत्ता गठबन्धन भत्काएर एमाले र रास्वपासहितको नयाँ समिकरण बनाएका प्रचण्डले पूराना सबै मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् ।
यसअघि सत्ता गठबन्धन तोडेर पूराना मन्त्रीहरुलाई राजिनामा दिन सन्देश पठाए पनि पूराना मन्त्रीहरुले आफैँ राजिनामा दिन नमानेपछि प्रधानमन्त्री प्रचण्डले पुराना सबै मन्त्रीलाई बर्खास्त गरेका हुन् ।
यसअघिका सबै मन्त्री बर्खास्त गरेपछि सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड स्वयम् आफैँले लिएका छन् । योसँगै अब एमाले, रास्वपा, राप्रपा र जसपासहितको नयाँ समिकरणबाट नयाँ मन्त्रिपरिषद् निर्माण हुनेछ । जसको भागबण्डाका विषयमा प्रधानमन्त्री र शीर्ष नेताहरुबीच छलफल चलिरहेको छ ।
हाल सरकारमा नयाँ समिकरणमार्फत तीन मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण गर्ने बिना विभागीय मन्त्रीहरुमा माओवादी केन्द्रका तर्फबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डोलप्रसाद अर्याल रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्