काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सेयर बजार लयमा फर्काउने बताएका छन् । बुधबार साँझ अर्थमन्त्रीको पदभार ग्रहण गर्दै मन्त्री पुनले समस्यामा रहेको सहकारी, सेयर बजार तथा घरजग्गा कारोबार लयमा फर्काउने बताएका हुन् । साथै उनले देशको अर्थतन्त्र मन्दीमा रहेको दाबी गरेका छन् । अहिलेको अर्थतन्त्र संकटमा नभएर मन्दीमा भएको अर्थमन्त्री पुनको दाबी छ । उनले अर्थमन्त्रीका रुपमा अहिले काम गर्न सजिलो नभए पनि सबै क्षेत्रको मनोबल बढाउने र आशा जगाउनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘अर्थतन्त्रमा संकट होइन, मन्दी छ । अर्थतन्त्रमा चुनौतीहरु छन् । चुनौतीहरुलाई प्रधानमन्त्रीले मुख्य कामको रुपमा सुशासन पहिलो प्राथमिकता र आर्थिक समृद्धिको गर्ने प्राथमिकता निर्धारण गर्नुभएको छ ।’, उनले भने, ‘नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसाथ गरेको छ । सरकारको प्राथमिकता प्रधानमन्त्रीको निर्देशनमा रहेर सबै क्षेत्रको मनोवल उठाएर आशा जगाउने गरी काम गर्छु । मेरो प्रतिवद्धता पनि हो ।’
त्यस्तै, अर्थमन्त्री पुनले देशमा राजस्व संकलन दोब्बले बढाउने पनि प्रतिबद्धता जनाएका छन् । ‘सबै क्षेत्र नराम्रो छैन । सार्वजनिक क्षेत्रमा केही समस्या छ । त्यसलाई प्राथमिकतामा राखेर काम गर्छु ।’, उनले भने, ‘राजश्व संकलन १० प्रतिशतको वृद्धि छ । अर्को महिना देखि दोब्बर वृद्धि गर्न सकिने आधारहरु छन् । मैले बोलेर भन्दा पनि काम गरेर देखाउन चाहन्छु ।’
त्यस्तै, अर्थमन्त्री पुनले सन् २००८ मा विश्वव्यापी संकट लगत्तै सन् २०११ मा अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दा पनि संकट सामाधान गरेको अनुभव भएकोले हाल अर्थतन्त्रमा देखिएको समस्यामा पनि समाधान गर्ने बताएका छन् । ‘२००८ मा विश्व व्यापी आर्थिक संकट लगतै सन् २०११ मा अर्थमन्त्रीको जिम्मेवारीमा आएको थिएँ । त्यसबेला पनि घरजग्गा, सेयर बजार, तरलता, सहकारीमा समस्या थिए ।’, उनले भने, ‘त्यो बेला पनि विश्वव्यापी आर्थिक मन्दीको असर पर्न दिएनौं । त्यो बेलामा पनि आर्थिक वृद्धिदर ५ प्रतिशत गरेका थियौँ । त्यो अनुभव र आजको प्राथमिकतामा काम गर्न सकिन्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्