Skip to content
LAXMI SUNRISE BANK

लसुनको मूल्य घट्यो, बिहीबार अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

अर्थ सरोकार

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज लसुनको मूल्य घटेको छ । चाइनिज सुकेको लसुन ३० रुपैयाँले घटेर न्युनतम प्रतिकेजी २०० र नेपाली सुकेको लसुन १० रुपैयाँले घटेर प्रतिकेजी १९० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा न्युनतम ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) ३०, तराईको सानो गोलभेडा ३० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३० रुपैयाँ, भारतीय रातो आलु ३२ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ७५ रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, तराईको गाजर २५ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, बन्दा (नरिवल) २०, स्थानीय काउली ३० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ, रातो मुला ५० रुपैयाँ, सेतो मुला लोकल २५ रुपैयाँ, सेतो मूला (हाइब्रीड) ३० रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ, भन्टा डल्लो ६०, मटरकोशा ७० रुपैयाँ, लोकल घ्यु सिमि १२०, घ्यु सिमि हाइब्रिड १२०, घ्यु सिमि राजमा ११०, टाटे सिमि ९० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला १३०, लौका ५०, परवर २६०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ४०, हरियो फर्सी (डल्लो) ५०, सलगम ७०, भिण्डी ११०, सखरखण्ड ६०, बरेला ५०, पिडालु ९०, स्कुस ३५ रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, पालुंगो ६० रुपैयाँ, चम्सुरको साग ६० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ मेथीको साग ६० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ६०, बकुला ७०, तरुल ८०, कन्य च्याउ ११०, डल्ले च्याउ ३००, कुरिलो ८००, न्युरो ७०, ब्रोकाउली ५०, चुकन्दर ६०, सजीवन १६०, रातो बन्दा ५०, जिरीको साग ६०, ग्याठ कोबी ६०, सेलेरी ९०, पार्सले १८०, सौफको साग ६०, पुदिना २५०, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २००, हरियो खुर्सानी ९०, सुकेको खुर्सानी ४००, खुर्सानी हरियो (बुलेट) १००, खुर्सानी हरियो (माछे) ९०, भेडे खुर्सानी ११०, हरियो लसुन ९०, हरियो धनिया ३०, चाइनिज सुकेको लसुन २००, नेपाली सुकेको लसुन १९०, छ्यापी हरियो १००, रुख टमाटर १४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, झोले स्याउ २००, फुजी स्याउ ३००, केरा (दर्जन) १२०, कागती २२०, अनार २८०, हरियो अंगुर १२०, कालो अंगुर २००, भारतीय सुन्तला १००, हरियो तर्बुजा ५०, मौसम १३०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो १२०, हाइब्रिड काक्रो ७०, रुख कटहर ९०, निबुवा ५०, चाइनीज नासपाती २२०, नेपाली मेवा ६०, भारतीय मेवा ६०, अम्बा २२०, लप्सी १५०, किनु ९०, अमला ८० र स्ट्रबेरी २००, किवी ४५० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK