×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगातार तेश्रो दिन सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला एक लाख २५ हजार रुपैयाँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

लगातार तेश्रो दिन सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला एक लाख २५ हजार रुपैयाँ

Artha Sarokar

२४ फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लगातार तेश्रो दिन सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। फागुन २४ गते बिहीबार सुनको मूल्य प्रतितोला १५०० रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला एक लाख २३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १५०० रुपैयाँले बढेर एक लाख २५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन १५०० रुपैयाँले बढेर प्रतितोला एक लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला १४७० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ७ हजार एक सय ७० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख ६ हजार ६ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२६० रुपैयाँ रहेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी