काठमाडौं। एनआईसी एशिया क्यापिटल लिमिटेड र युनाइटेड बिजनेश होटल प्रा.लि. बीच क्यापिटलको ‘आइडिया टु आइपीओ’ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।
क्यापिटलले ‘आइडिया टु आइपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आइपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आईरहेको छ ।
सोही सेवा अन्तर्गत काठमाडौँ वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, काठमाडौँमा रजिष्ट्रार कार्यालय रहेको युनाइटेड बिजनेश होटल प्रा.लि.लाई क्यापिटलको ‘आइडिया टु आइपिओ’ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवा सहित युनाइटेड बिजनेश होटल प्रा.लि.लाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम सर्वसाधारणहरुमा प्राथमिक सेयर (आइपीओ) निष्काशन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र युनाइटेड बिजनेश होटल प्रा.लि. बीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।
क्यापिटलको ‘आइडिया टु आइपीओ’ सेवा अन्तर्गत प्रा.लि. लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्काशन सम्मको कार्य गर्न आवश्यक परामर्श सेवा संचालन गरिरहेको हुँदा उक्त सेवा लिन चाहने कम्पनीहरुले क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ अधिकृत दामोदर रायमाझीलाई मोवाइल नं.९८०२३५५६७८ मा सोझै सम्पर्क गर्न सकिने छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्