काठमाडौँ । सांसद तथा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को स्पिड बढी भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लेखकले गठबन्धन तोड्ने विषयमा प्रधानमन्त्रीको स्पिड बढी भएको बताएका हुन् ।
उनले गठबन्धन तोड्ने विषयमा प्रधानमन्त्रीको स्पिड यही रहे ५ वर्षमा १३ पटक गठबन्धन फेरिने बताएका छन् । ‘पछिल्लो १५ महिनामा २ पटक गठबन्धन फेरियो ।’, उनले भने, ‘प्रधानमन्त्री ज्यु, गठबन्धन फेर्ने स्पिड कम गर्नुस्, नभए ५ वर्षमा १३ पटक गठबन्धन फेरिने देखियो ।’
त्यस्तै, सांसद लेखकले प्रधानमन्त्रीले सार्वजनिक रुपमै ‘म नमरुन्जेलसम्म देशमा उथलपुथल हुन्छ’ र ‘लात्ताले हानेर निस्किन्छु’ भन्ने भनाईप्रति प्रचण्डसँग जवाफ मागेका छन् ।