×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवाद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कामना सेवाद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक

Artha Sarokar

२४ फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कामना सेवा विकास बैंकले वि.सं. २०८१ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्वेश्यले बैंकको आफ्नो क्यालेन्डरमा विभिन्न तालहरुलाई समावेश गर्दै २०८१ को क्यालेन्डर तयार गरेको हो ।

बैंकको क्यालेन्डरमा राखिएका तालहरुको उचाई, तालसम्म पुग्ने मार्ग तथा विस्तृत विवरण प्राप्त गर्नको लागि बैंकले क्यालेन्डरमा नै क्युआर कोडको व्यवस्था गरिएको बैंकले जनाएको छ । नेपाल पंचाङ्ग निर्णायक विकास समितिवाट स्वीकृत प्राप्त उक्त क्यालेन्डर डिजिटल माध्ययमबाट प्राप्त गर्नको लागि क्युआर कोड समेत सार्वजनिक गरेको छ ।

उक्त क्युआर कोड बैंकको सामाजिक संजालहरु तथा वेभसाईट मार्फत् सार्वजनिक गरिएको बैंकले जनाएको छ । उक्त क्यालेन्डरमा नेपाल पंचाङ्ग निर्णायक विकास समितिले निर्णय गरेका विभिन्न तिथीहरु समेत समावेश गरिएको छ ।

डिजिटल प्रविधीलाई अधिकतम प्रयोग गर्दै आईरहेको कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा रहेका १३५ संजाल तथा ७७ वटा एटिएमवाट आफ्ना अत्याधुनिक सेवा सुविधा प्रदान गर्दै आईरहेको जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी