काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १३.५१ अंकले बढेर २०३०.५५ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३०९ कम्पनीको ८९ लाख २९ हजार १ सय ५२ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब १९ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ५६ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा चिरख्वा हाइड्रोपावर, मध्ये भोटेकोशी जलविद्युत कम्पनी, बुद्धभुमि नेपाल हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट नेपाल र स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ५६ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, मोलुंग हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट नेपाल र गुर्खाज फाइनान्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा एनआइसी एशिया ग्रोथ फण्ड-२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो । एनआइसी एशिया ग्रोथ फण्ड-२ मा यस्तो गिरावट आउँदा समलिंग पावर, बोटलर्स नेपाल (तराई) लिमिटेड, एनएमबि-५० र हिमालयन ८०-२० मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्