Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार स्थिर रह्यो सुनको मूल्य

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।

बिहीबार प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख २५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला एक लाख २४ हजार चार सय रुपैयाँमै कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य स्थिर रही प्रतितोला १४७० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ७ हजार एक सय ७० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख ६ हजार ६ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२६० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK