Skip to content
LAXMI SUNRISE BANK

इसेवाबाट जीवन बीमाको प्रिमियम तिर्दा ५० हजारसम्म फाइदा

अर्थ सरोकार

काठमाडौं। सुरक्षित जीवन तथा परिवारको भविष्य सुनिश्चित गर्नको लागि जीवन बीमा अत्यावश्यक रहेको कारणले नेपालमा जीवन बीमाको संख्या बढ्दो क्रममा रहेको छ। साथै समय व्यस्तताका कारण घरायसी तथा व्यवसायिक भुक्तानीको लागि अनलाइनका माध्यमहरूको लोकप्रियता पनि बढ्दो छ।

यी दुवै कुराहरूलाई मध्यनजर गर्दै इसेवाले एउटा विशेष अफर लिएर आएको छ। यस अफर अन्तर्गत इसेवा एप वा वेबबाट नेपालभरीमा कुनै एक जीवन बीमा कम्पनीको प्रिमियम तिर्ने एक भाग्यशाली विजेताले बम्परमा आफ्नो रोजाइको पुरस्कार पाउन सक्नेछन्।

पुरस्कार राशि नगद ५० हजार रूपैयाँ बराबरको हुनेछ। यस विशेष अफरको बम्पर पुरस्कार विजेताले नगद ५० हजार रूपैयाँ वा ५० हजार बराबरको ल्यापटप वा ५० हजार रूपैयाँ बराबरको स्मार्टफोन जित्न सक्नेछन्।

यस्तै, ५ भाग्यशाली विजेताले स्मार्टवाच तथा थप ५ भाग्यशाली विजेताले एयरबड्स जित्न सक्ने कम्पनीको भनाइ छ। यसका साथै इसेवा बाट पहिलो पटक जीवन बीमाको प्रिमियम तिर्ने सबै प्रयोगकर्ताहरूले १०० रूपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

क्यासब्याक पाउनको लागि इसेवाबाट प्रिमियम तिर्दा ‘लाइफ १००’ प्रोमोकोडको प्रयोग गर्नुपर्नेछ । इसेवाबाट प्रिमियम तिर्ने सबै ग्राहक यो अफरको लागि स्वचालित रूपमा योग्य रहनेछन् भने पुरस्कार जित्नको लागि प्रयोगकर्ताहरूको केवाइसी भने प्रमाणित भएको हुनु पर्नेछ ।

बम्पर पुरस्कार पुरस्कार विजेताहरूले २५ प्रतिशत राजस्व कर तथा अन्य कुनै पनि सरकारी करहरूका लागि स्वयम् भागिदार हुनु पर्नेछ। फागुन २० गतेदेखि चैत १० गतेसम्म चल्ने यस विशेष अफरको विजेता भने अफर अवधि सकिएपछि फेसबुक लाइफमार्फत् गोलाप्रथाबाट छनौट गरिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK