Skip to content
LAXMI SUNRISE BANK

अन्तराष्ट्रिय नारी दिवसः केज फिटनेसमा पनि महिलालाई सम्मान गरियो

अर्थ सरोकार

काठमाडौँ । केज टोटल फिटनेसमा पनि अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ । ललितपुरको ग्वार्कोस्थित केज टोटल फिटनेसमा महिलाहरुलाई सम्मान कार्यक्रमको आयोजना गर्दै अन्तराष्ट्रिय नारी दिवस मनाइएको हो ।

कार्यक्रममा केजका सञ्चालक तथा समाजसेवी उज्ज्वल श्रेष्ठले फिटनेसमा आउने सबै महिला सदस्यहरुलाई सम्मान गर्दै दिवसको शुभकामना दिएका थिए ।

सृष्टीको रचनाकारका रुपमा रहेका महिलाहरुको सम्मानका लागि कार्यक्रमको आयोजना गरिएको श्रेष्ठले बताएका छन् । ‘महिला साच्चैमा महान् छन्, महिलाकै कारण यो सृष्टी चलेको छ, महिलाकै कारण हामी छौँ र यो संसार छ ।’, उनले भने, ‘त्यसैले तीनै नारीशक्तिको सम्मानका लागि हामीले सानो कार्यक्रमको आयोजना गरेका हौँ ।’

विगतका दिनमा शारिरिक सुगठन र फिटनेटसमा महिलाहरुको सहभागिता न्यून रहेको भए पनि पछिल्ला दिन महिलाहरुको सहभागिता र सक्रियाता पछि बढिरहेकोले यसतर्फ महिलाहरुको आकर्षण र यस क्षेत्रमा महिलाहरु पनि सक्षम र सक्रिय छन् भन्ने सन्देश दिनका लागि पनि नारी दिवसको अवसरमा महिलालाई सम्मान कार्यक्रम राखिएको श्रेष्ठको भनाई छ ।

त्यस्तै, उनले नारी दिवसको अवसरमा केजमा महिला सदस्यहरुलाई १५ प्रतिशत छुटको व्यवस्थासमेत रहेको जनाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK