काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक २२.१० अंकले बढेर २०५२.६५ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३०४ कम्पनीको ७० लाख ४३ हजार ४ सय ५७ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ९२ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २२ करोड ९३ लाख २५ हजार ६ सय ४३ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा जाल्पा सामुदायिक, महुली लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रोफाइनान्स, उन्नती सहकार्य लघुवित्त र धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २२ करोड ९३ लाख २५ हजार ६ सय ४३ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, जोशी हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट नेपाल, हिमालयन रिइन्स्योरेन्स र घोराही सिमेन्टमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा चिरख्वा हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो । चिरख्वा हाइड्रोपावरमा यस्तो गिरावट आउँदा पिपुल्स हाइड्रोपावर, जोशी हाइड्रोपावर, एनआइसी एशिया ग्रोथ फण्ड-२ र मध्येभोटे कोशी जलविद्युत कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्