×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकले सार्वजनिक गर्यो २०८१ सालको भित्तेपात्रो

PRIME CA

महालक्ष्मी विकास बैंकले सार्वजनिक गर्यो २०८१ सालको भित्तेपात्रो

२८ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ । बैंकले फाल्गुन २७ गते आइतबार उक्त क्यालेन्डर आफ्नो आधिकारिक वेवसाइट मार्फत प्रकाशन गरेको हो ।

बैंकले स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने तस्विरहरु मार्फत सकारात्मक सन्देश प्रदान गर्दै यस बर्षको क्यालेन्डर प्रकाशन गरी आफ्ना ग्राहकहरु समक्ष ल्याएको हो । उक्त क्यालेन्डरमा विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले सञ्चालन गरेको ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’ मा सहभागी तस्विरहरु मध्येका उत्कृष्ट बाह्र तस्बिरहरू समावेश गरिएको छ ।

मिति, तिथि, चाडपर्व, दिवस लगायतका विषयमा आफ्ना ग्राहकहरुलाई जानकारी राख्नु बैंकको क्यालेन्डर प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको छ । ग्राहकहरुले उक्त क्यालेन्डरको डिजिटल कपी बैंकको आधिकारिक वेवसाइटमार्फत डाउन्लोड गर्न सक्नेछन् ।

विगत देखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्ध रहिआएको  बैंकले आम ग्राहकहरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: