×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

PRIME CA
GLOBAL IME BANK

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२८ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा जिल्ला साबिक अनारमनी गा.वि.स वडा नं. ०१ हाल परिवर्तित बिर्तामोड नगरपालिका वडा नं.६ घर भएका ४२ वर्षीय प्रविण संग्रौला रहेका छन् ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले मिति २०८०/०१/१५ गते सात दिन कैद, २१ लाख रुपैयाँ बिगो जरिवाना र ८४ हजार क्षतिपूर्ति भराउने फैसला गरेपछि उनी फरार भएका थिए ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले फागुन २७ गते सुन्धाराबाट पक्राउ गरेको हो । पक्राउ परेका संग्रौलालाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत लगनखेल पठाईएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: