काठमाडौँ । ललितपुर महानगरपालिकास्थित चक्रपथ सडकमा लिफ्टसहितको आकाशे पुल निर्माण हुने भएको छ । महानगर प्रमुख चिरिबाबु महर्जनले एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी उक्त अपाङ्गमैत्री आकाशे पुल निमार्ण कार्यको सोमबार शिलान्यास गरेका हुन् । सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा सहमति दिएको थियो । आठ मिटरभन्दा ठूला सडकको क्षेत्राधिकार स्थानीय तहसँग नभए पनि चक्रपथको यो क्षेत्रमा अत्यधिक दुर्घटना भएकाले सडक सुरक्षालाई ध्यानमा राखेर महानगरको जोडबलमा पुल निर्माणका लागि अनुमति लिएको प्रमुख महर्जनले बताएका छन् ।
‘यो ठाउँमा सडक दुर्घटना हुँदा धेरैजनाको अकालमा ज्यान गएको छ ।’, उनले भने, ‘त्यसैले महानगरले यो ठाउँमा आकाशेपुल बनाउने निधो गरेका हौँ ।’
महानगरमा रहेको अन्य आकाशे पुल सद्दे व्यक्तिका लागि असहज भएको उल्लेख गर्दै लिफ्टसहितको नयाँ पुल निर्माण गर्दा सबैलाई सहज हुने महानगर प्रमुख महर्जनको भनाई छ । संविधानले व्यवस्था गरे बमोजिम समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त अनुसार सडक विभागसँग पुल निर्माणका लागि महानगरले अनुमति मागेको भन्दै उनले तोकिएकै समय (१२ महिना) भित्र निर्माण कार्य पूरा गर्न सम्बद्ध निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । उनले पुल निर्माणमा काम गर्ने कर्मचारीको सुरक्षालाई पहिलो प्राथमिकता दिएर काम लगाउनुपर्नेमा जोड दिँदै पुल निर्माणको कार्य समयमै सक्नुपर्ने र गुणस्तरीय हुनुपर्ने बताएका छन् ।
‘पुलको क्वालिटीमा कुनै हालतमा कम्प्रोमाइज गर्नुहुँदैन । गुणस्तरमा कम्प्रोमाइज गर्दा काम राम्रो हुँदैन ।’, महर्जनले भने, ‘पुल राम्रो नबने सबैभन्दा पहिला बनाउने ठेकेदारको नाम आउँछ र ठेकदार बेइज्जत हुन्छ । त्यसपछि परामर्शदाताको नाम आउँछ उसको पनि बेइज्जत हुन्छ । त्यसपछि खत्तमको ठेकेदार र कन्सल्ट्न्ट नियुक्त गरेर काम लगाउने को रहेछ भनेर जनताले सोध्छन् मेरो नाम आउँछ, त्यसपछि मै पनि खत्तम ! यी सबै कुरालाई ध्यानमा राखेर काम गर्नुहोला ।’
उक्त पुल ललितपुर महानगरको वडा नम्बर १३ मा एक वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ । वडा नं.१३ का वडा अध्यक्ष गणेश केसीले सडक विभागबाट पुल निर्माणका लागि अनुमति लिनै ४ वर्ष भन्दा धेरै समय गुनासो गर्दै भने, ‘पुल बनेपछि यहाँ अब सडक दुर्घटना कम हुन्छ । यो हाम्रोलागि खुशीको कुरा हो ।’ महानगरले ठेकेदार कम्पनी लामा प्रगति-मनि बुद्ध जेभि, काभ्रेपलाञ्चोकसँग ४ करोड ६८ लाख ९हजार ५ सय ६१ रुपैयाँको लागतमा १२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको आयोजना प्रमुख इन्जिनियर प्रदीप पौडेलले बताएका छन् ।
इन्जिनियर पौडेलका अनुसार यो आकाशे पुल नेपालकै पहिलो लिफ्ट जडान सहितको अपाङ्गमैत्री पुल हुने छ । आयोजनाको परामर्शदाता कम्पनी डि.बि. मल्टि इन्जिनियरिङ प्रा.लि.का विनोद न्यौपानले यो आकाशे पुलले यात्रुलाई सडक सुरक्षासँगसँगै सहरको सौन्दर्यीकरणका लागि समेत सहयोग पुग्ने बताए । उनले सडक दुर्घटनमा अत्यधिक भएर धेरैले मृत्युवरण गर्नु परेको अवस्थाको पुल निर्माणपछि अन्य धारणा राखेका छन् । यो आयोजनाको निर्माणको जिम्मा लिएको कम्पनीका प्रतिनिधि चन्द्र बहादुर लामाले गुणस्तरमा कुनैपनि सम्झौता नगरी समयभित्रै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्