Skip to content
LAXMI SUNRISE BANK

आचार्य बन्धु समाजको क्युआर सेवा सुरु, सदस्यताको भुक्तानी तथा सहयोग अव क्युआरबाट गर्न सकिने

अर्थ सरोकार

काठमाडौं । आचार्य बन्धु समाज नेपालले सबै प्रकारका भुक्तानी र डोनेशन गर्नका लागि आफ्नो क्युआर सेवा सुरु गरेको छ । हिमालयन बैंकमा रहेको खातामा क्युआरमार्फत गरिएको भुक्तानी रकम जम्मा हुने छ ।

समाजले रकम दिनुपर्ने भएका सबैलाई अवदेखी सकेसम्म खातामा जम्मा गर्न, अकाउण्ट पे चेक भुक्तानी दिन, तथा क्युआरबाट सिधैं पे गर्न अनुरोध गरेको छ । समाजले सकेसम्म नगदी कारोबार नगर्ने रणनीतिअनुसार क्युआर सेवा स्थापना गरेको महासचिव शुभनराज आचार्यले जानकारी दिए ।

कौडिन्य गोत्रीय आचार्यहरुका लागि समाजको सदस्यता लिनु परेमा, समाजका कार्यक्रमहरुलाई सहयोग गर्नु परेमा इच्छुकहरुका लागि अवदेखी अनलाइन पेमेन्ट गर्न सकिने समाजका अध्यक्ष बाबुराम आचार्यले जानकारी दिए ।

समाजले आइतबारबाट बैंकमार्फत क्युआर सुविधा प्राप्त गरेपछि आफ्नो सेवा स्थानीय स्तरसम्म सहज हुनेगरी सार्वजनिक गरेको छ ।

बैंक विवरणः

खातावालाको नामः आचार्य बन्धु समाज-नेपाल

खाता नम्बरः ०२७०४३२६४४००१३

बैंकः हिमालयन बैंक लिमिटेड, नयाँ बानेश्वर शाखा

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK