काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।
कम्पनीको फागुन २८ गते सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।
बैठकले २०८० असार मसान्तसम्मको वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।