Skip to content
LAXMI SUNRISE BANK

रोमानिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

अर्थ सरोकार

काठमाडौं । रोमानिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत जिल्ला चिङगार्ड गाउँपालिका वडा नं. ०६ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं.३१ नयाँबानेश्वर बस्ने २८ वर्षीय सुरेश राना रहेका छन्।

उनले नवराज मल्ललाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने भन्दै २ लाख ६० हजार रुपैयाँ ठगी गरेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले फागुन २९ गते सिनामंगलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका रानालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK