×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चेम्बर अध्यक्ष मल्लको संयोजकत्वमा पशुपति क्षेत्रमा महायज्ञ सुरु, स्वास्थ्य क्षेत्रमा सहज पहुँच पुर्याउने उद्देश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

चेम्बर अध्यक्ष मल्लको संयोजकत्वमा पशुपति क्षेत्रमा महायज्ञ सुरु, स्वास्थ्य क्षेत्रमा सहज पहुँच पुर्याउने उद्देश्य

Artha Sarokar

१ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विपन्न बर्गको पहुँच पुर्याउने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको संयोजकत्वमा पशुपति क्षेत्रमा महायज्ञ सुरु भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न वर्गलाई स्वास्थ्यमा सहज पहुँच पुर्याउने उद्देश्यले महायज्ञ मार्फत राहत संकलन गर्न लागिएको चेम्बरले जनाएको छ ।

पशुपति क्षेत्रमा चैत १ देखि ७ गते सम्म हुने गीता ज्ञानविज्ञान नेपाल महिमा महायज्ञमा प्रसिद्ध धर्माचार्य आचार्य चैतन्य कृष्णद्धारा प्रवचन हुने चेम्बरका अध्यक्ष मल्लले जानकारी दिए ।

महायज्ञबाट उठेको रकमबाट विपन्न बर्गका लागि अस्पताल भवन निर्माण गरिने मल्लले बताए । चेम्बरले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विभिन्न क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी