×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आचार्य समाज चितवनको सभापतिमा शंकर आचार्य चयन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आचार्य समाज चितवनको सभापतिमा शंकर आचार्य चयन

Artha Sarokar

१ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आचार्य बन्धु समाज नेपाल चितवन जिल्लाको अध्यक्षमा शंकर प्रसाद आचार्य चयन भएका छन् ।  राप्ती नगरपालीका वडा नम्बर ४ डडुवा निवासी समाजसेवी आचार्यलाई आचार्य बन्धु समाज नेपालले चितवन जिल्ला अध्यक्षमा चयन गरेको हो ।

काठमाडौंपछि बागमती प्रदेशको महत्वपुर्ण जिल्लाको रुपमा रहेको चितवनमा ७७ वटै जिल्लाबाट आई बसोबास गर्ने कौडिन्य गोत्रीय आचार्यहरु रहेको अध्यक्ष शंकर आचार्यले बताए । बिहीबार केन्द्रीय कार्यालय काठमाडौंमा केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले शंकर प्रसाद आचार्यलाई चितवन जिल्लाको सभापतिमा चयन गरेको पत्र हस्तान्तरण गरेका हुन् ।

उनले छिट्टै नै चितवनको कुनै स्थानमा कौडिन्य गोत्रीय आचार्यहरुको भेला गरी जिल्ला समितिलाई समाजेले दिएको समयभित्रै पूर्णता दिने बताए । त्यस्तै, उनले २५ हजार १५१ रुपैयाँको समाजको नाममा काटिएको अकाउण्ट पे चेक केन्द्रिय प्रवक्ता रामहरी आचार्यलाई हस्तान्तरण गरी समाजको बिशिष्ट सदस्यसमेत बनेका छन् ।

विश्वभरका आचार्यहरुलाई समाजमा जोडिएर समाजलाई विश्वस्तरको राम्रो संस्था बनाउन सहयोग गर्न उनले आह्वानसमेत गरेका छन् ।

समाजले उनलाई तीन महिनाभित्र अधिवेशन गरी कार्यसमितिलाई पूर्णता दिन म्याण्डेट दिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी