काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी साहले एक हप्ताभित्र सबै दुग्ध किसानको हातहातमा बक्यौता भुक्तानी पुग्ने बताएकी छन् । उनले त्यसका लागि आफूले आर्थिक प्रबन्ध मिलाउन जोड दिएर अन्तर मन्त्रालयहरुसँग समन्वय गरिरहेको जानकारी गराइन् ।
मन्त्री साहले दुग्ध किसानको बक्यौता भुक्तानीका लागि शुक्रबार नै अर्थ मन्त्रालयबाट ३० करोड निकासा गरी प्रक्रिया अघि बढाइसकेको बताइन् । भुक्तानीका लागि कृषि मन्त्रालयबाट सम्पूर्ण प्रक्रिया पुरा गरी अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गरेपछि शुक्रबार तत्काल किसानको बक्यौता भुक्तानी दिने प्रक्रिया अघि बढाउन अर्थमन्त्री पुनले आफू मातहतका निकायलाई निर्देशन दिएका थिए । पुनले निर्देशन दिनुपूर्व, कृषिमन्त्री ज्वालाकुमारी साह कृषि सचिव डा.गोविन्द प्रसाद शर्मा र पशुपक्षी विकास सचिव डा. रेवतीरमण पौडेलसँग छलफल गरेरै प्रक्रिया अघि बढाएको साहले बताएकी छिन् ।
अन्तर मन्त्रालयबाट ऋण लिएर ३० करोड हिजो साँझ भुक्तानीको लागि पठाए पनि त्यसले मात्रै सबै किसानको भुक्तानी चुक्ता नहुने भन्दै मन्त्री साहले दुग्ध विकास संस्थान (डिडिसी) मा रहेको सवा अर्ब मूल्य बराबरको सामग्रीबाट भुक्तानी मिलाएर किसानलाई वितरण गर्न सके ठूलो राहत हुने बताइन् । त्यसका लागि सरोकारवाला निकायसँग आफूले छलफल गरिरहेको भनाई उनको छ । तर, एउटै कामलाई धेरै समय लगाएर आफूहरु अलमल गरेर बस्ने भन्दा तिव्र गतिमा नतिजा दिनेगरी बक्यौता भुक्तानीको समस्यालाई हल गर्न लागेको जानकारी गराइन । उनले अबको एक हप्तामा किसानको हातमा दूधको भुक्तानी पुर्याउने दाबी गरिन् ।
‘म आफैँ सक्रियताका साथ लागेको छु । जबसम्म नेतृत्व तात्दैन काम रफ्तारमा हुँदैन । जसरी आम किसानले भुक्तानी चाँडै आउला भनेर म माथि आशा गर्नुभएको छ, सोचिराख्नु भएको छ, त्यसरी नै मैले तिव्र रफ्तारमा अर्थको व्यवस्था गर्न लागिराखेको छु । सके एक हप्ताभित्रै किसानका हातहातमा रकम पुग्छ ।’, उनले भनिन्, ‘रिजल्ट देखिने गरी काम अगाडि बढाइराखेको छु ।’
त्यस्तै, उनले आफूले सरकारको तर्फबाट तुरुन्तै रिजल्ट देखिने गरी समस्या हल गर्न तत्पर रहेको बताएकी उनले प्राइभेट सेक्टरलाई पनि तुरुन्त बाँकी बक्यौता रकम भुक्तानीका लागि पत्राचार गर्ने सुनाइन् । ‘सरकारले भुक्तानीका लागि सुरुआत गरिसकेको छ । प्राइभेट सेक्टरले दिन बाँकी चार अर्ब रुपैयाँ भुक्तानीका लागि आजभोलिमा पत्राचार गर्छौँ ।’, कृषिमन्त्री साहले भनिन् ।
मन्त्री साहले आर्थिक समस्याका कारण बिमा कम्पनीहरु बन्द भइरहेको अवस्थामा आफूले नेतृत्व सम्हालेपछि बिमा क्षेत्रका लागि अनुदान स्वरुप ४८ करोड रुपैयाँ पास गरेको उल्लेख गर्दै छिट्टै थप प्रक्रिया अगाडि बढाउने बताइन् । साहले आफू आम कृषकको मन्त्री भएको उल्लेख गर्दै कृषि क्षेत्रका समस्या समाधान गर्न नतिजामुखी काम गर्ने बताइन् । कृषि क्षेत्रलाई माथि उठ्न नदिन बिचौलियाहरु सक्रिय रहेको सुनाएकी साहले बिचौलियाहरुलाई एक जना मन्त्रीले चाहेर पनि नियन्त्रण गर्न सम्भव नभएको धारणा राखेकी छिन् ।
तर, उनले कृषि क्षेत्रका बिचौलियालाई निर्मूल पार्न सबै क्षेत्रको साथ र सहयोगको आवश्यकता औंल्याउँदै साथ सहयोग रहे आफ्नो कार्यकालमा कृषि क्षेत्रलाई बिचौलियाको कब्जाबाट निकालेर देखाउने दाबी गरिन । ‘कृषि क्षेत्रलाई माथि उठ्न नदिन बिचौलियाहरु सक्रिय छन् । यो एकजना मन्त्रीले चाहेर नियन्त्रण गर्न असम्भव जस्तै छ । यसका लागि हरेक राजनीतिक दलदेखि मिडियाको सहयोग चाहिन्छ । एक-दुई महिनाभित्रै बिचौलिया अन्त्य गर्नका लागि काम गर्छौं ।’, उनले भनिन्, ‘वास्तविक कृषक र व्यापारीका लागि लाइसेन्सको व्यवस्था गर्नुपर्छ । मेरो कार्यकालमा कृषि क्षेत्र बिचौलियाको कब्जाबाट निकाल्छु ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्