काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले रास्वपाको मिसन भ्रष्टाचार अन्त्य गर्नु रहेको बताएका छन् । आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् ।
उनले रास्वपको मिसन बेथिति बिरुद्धमा काम गर्ने रहेको उल्लेख गरेका छन् । रास्वपाको मिसन सुशासन कायम गर्नु पनि रहेको बताउँदै मन्त्री अर्यालले भ्रष्टाचार अन्त्य, बेथिति बिरुद्धको काम र सुशासन कायम भएसँगै देश समृद्ध बन्ने बताएका छन् ।
‘रास्वपको मिसन बेथिति बिरुद्धमा काम गर्ने । साथै भ्रष्टाचार कसरी अन्त्य गर्न सकिन्छ भन्ने नै हो । त्यसकारण सुशासन कायम र भ्रष्टाचारको अन्त्य गर्नुपर्छ ।’, उनले भने, हाम्रो यो भन्दा बढी मिसन खासै छैन । त्यति गर्ने बित्तिकै यो देश समृद्ध हुन्छ । समुन्नत हुन्छ, जनताले राहत पाउँछन्, जनताले राज्य र सरकार भएको महशुस गर्दछन् ।’
साथै उनले जनताले राज्य र सरकार भएको महशुस गर्नेगरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्