×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बच्चा चोर्ने मनकुमारीलाई डेढ लाख धरौटीमा छोड्न अदालतको आदेश

PRIME CA
GLOBAL IME BANK

बच्चा चोर्ने मनकुमारीलाई डेढ लाख धरौटीमा छोड्न अदालतको आदेश

४ चैत्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले बच्चा चोरीको आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई धरौटीमा छोड्न आदेश दिएको छ । अदालतले थापाथलीस्थित प्रसूति तथा स्त्रिरोग अस्पतालबाट बच्चा चोरीको आरोपमा पक्राउ परेकी २४ वर्षीया सिंहलाई १ लाख ५० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

दैलेखको नौमुले घर भएकी सिंहलाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजालसले १ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको हो ।

प्रसुति गृहबाट २६ दिने बालिका चोरी गरेको आरोपमा गत फागुन ११ गते पक्राउ परेकी सिंहलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अपहरण तथा शरीर बन्धक कसुरको अभियोगपत्र दायर गरेको थियो । उनले काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने सबिना श्रेष्ठको २६ दिने बच्च चोरेकी थिइन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: