Skip to content
LAXMI SUNRISE BANK

हरियो खुर्सानीको मूल्य घट्यो, सोमबार अन्य तरकारी तथा फलफूलको मूल्यमा भने सामान्य घटबढ

अर्थ सरोकार

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज हरियो खुर्सानीको मूल्य घटेको छ । खुर्सानीको मूल्य २० रुपैयाँले घटेर न्युनतम प्रतिकेजी १२० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा न्युनतम ५० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा ४० रुपैयाँ, सानो गोलभेडा (टनेल) ४५, तराईको सानो गोलभेडा ४५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३६ रुपैयाँ, भारतीय रातो आलु ३८ रुपैयाँ र सेतो आलु ३० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ७५ रुपैयाँ, तराईको गाजर २५ रुपैयाँ, लोकल बन्दा २० रुपैयाँ, बन्दा नरिवल २० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ, रातो मुला ५० रुपैयाँ, सेतो मुला (हाइब्रीड) ३० रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ७०, तने बोडी १७०, मटरकोशा ६५ रुपैयाँ, लोकल घ्यु सिमि ६५, हाइब्रिड घ्यु सिमि ६५, घ्यु सिमि राजमा ११०, टाटे सिमि १०० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला १४०, लौका ६०, परवर १४०, घिरौला ८०, फर्सी पाकेको ४५, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ४०, सलगम ७०, भिण्डी ११०, सखरखण्ड ६०, बरेला ५०, स्कुस ४०, पिडालु ११० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, पालुंगो ६० रुपैयाँ, चम्सुरको साग ६० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ मेथीको साग ६० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ५०, बकुला ४०, तरुल ८०, कन्य च्याउ १२०, डल्ले च्याउ २४०, कुरिलो ६००, न्युरो ८०, ब्रोकाउली ४५, चुकन्दर ६०, सजीवन १३०, कोइरालो २५०, रातो बन्दा ५०, जिरीको साग ७०, ग्याठ कोबी ६०, सेलेरी ९०, पार्सले १८०, सौफको साग ६०, गान्टे मुला ७०, पुदिना १८०, इमली १४०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २००, हरियो खुर्सानी १२०, सुकेको खुर्सानी ४२०, खुर्सानी हरियो (बुलेट) १२०, खुर्सानी हरियो (माछे) १००, भेडे खुर्सानी १३०, हरियो लसुन ९०, हरियो धनिया ५०, चाइनिज सुकेको लसुन २३०, नेपाली सुकेको लसुन १८०, छ्यापी हरियो १२०, रुख टमाटर १५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, झोले स्याउ २२०, फुजी स्याउ ३००, केरा (दर्जन) १२०, कागती २५०, अनार २८०, हरियो अंगुर १३०, कालो अंगुर २००, भारतीय सुन्तला १००, हरियो तर्बुजा ४५, मौसम १३०, जुनार २५०, भुई कटहर प्रति गोटा १४०, लोकल काक्रो ११०, हाइब्रिड काक्रो ५०, रुख कटहर १००, चाइनिज नासपाती २००, निबुवा ५०, नेपाली मेवा ८०, भारतीय मेवा ९०, अम्बा २००, लप्सी १४०, किनु ९०, स्ट्रबेरी २५०, किवी ४०० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK