Skip to content
LAXMI SUNRISE BANK

रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना विरुद्ध मुद्दा दायर

अर्थ सरोकार

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईशनाथ नगरपालिका रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगले प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ताविरुद्ध दुई लाख ३५ हजार आठ सय ९५ रुपैयाँ, तत्कालिन इन्जिनियर सत्यपाल सौरभ विरुद्ध ८६ हजार छ सय ४७ रुपैयाँ र आधारभूत विद्यालय लक्ष्मीनियाका प्रधानाध्यापक मुहमद समिम विरुद्ध तीन लाख तीन हजार सात सय ९७ रुपैयाँ बराबरको बिगो दाबी गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

ईशनाथ-५ स्थित आधारभूत विद्यालय लक्ष्मीनिया जटहरामा दुई कोठे पक्की भवन निर्माण गर्दा मापदण्ड, गुणस्तर र इस्टिमेट विपरीत कार्य गरी भ्रष्टाचार गरेको आयोगको आरोपपत्रमा उल्लेख छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK