×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार ३.२७ अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सोमबार ३.२७ अंकले बढ्यो नेप्से परिसूचक

Artha Sarokar

५ चैत्र २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ३.२७ अंकले बढेर २०७३.५३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४ सय २४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८८ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार गुर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको २३ करोड १४ लाख ५८ हजार ७७ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा पनि गुर्खाज फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।यस अलवा सप्तकोशी डेभलपमेन्ट बैंक, पिपुल्स पावर, धौलागिरी लघुवित्त वित्तीय संस्था, पिपुल्स हाइड्रोपावर र मिड-सोलु हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार गुर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको २३ करोड १४ लाख ५८ हजार ७७ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, अपर तामाकोशी, घोराही सिमेन्ट र पिपुल्स पावरमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको हो । मानुषी लघुवित्त वित्तीय संस्थामा यस्तो गिरावट आउँदा एनएमबी बैंक, सिंगटी हाइड्रो इनर्जी, माण्डु हाइड्रोपावर र त्रिशुली जल विद्युत कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी