Skip to content
LAXMI SUNRISE BANK

चेक रिपब्लिक पठाईदिने भन्दै २९ लाख ठग्ने एक जना पक्राउ

अर्थ सरोकार

काठमाडौं । वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक पठाईदिने भन्दै रकम ठगी एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका वडा नं. ५ बस्ने २७ वर्षीय संजिभ तामाङ रहेका छन् ।

उनले आकर्षक तलब हुने प्रलोभन देखाएर २९ लाख रुपैयाँ ठगी गरेका थिए । तामाङले चेक रिपब्लिक जान प्रतिव्यक्ति १२ लाख ५० हजार लाग्ने बताएका थिए ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले चैत ४ गते बढानिलकण्ठ नगरपालिका वडा नं. ११ कपनबाट पक्राउ परेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK