काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनका लागि आवश्यक तयारीलाई तिव्रता दिन निर्देशन दिएका छन् । आगामी बैशाख १६ र १७ गते हुने तेस्रो लगानी सम्मेलनको गृहकार्यलाई तिव्रता दिन निर्देशन दिएका हुन् । सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठकमा अर्थमन्त्री पुनले लगानी सम्मेलनको सचिवालयलाई यस्तो निर्देशन दिएका हुन् ।
निजी क्षेत्रका तीनवटा छाता संस्थाहरु (नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्स) लगानी सम्मेलनको सहआयोजक रहेका छन् ।
लगानी सम्मेलन निर्देशक समितिका संयोजकसमेत रहेका अर्थमन्त्री पुनले मुलुकभित्र उत्पादन र रोजगारीका अवसरहरू सिर्जना गर्न पूर्वाधार विकास, औद्योगिक एवम् पर्यटकीय पूर्वाधार, स्वच्छ ऊर्जा, सूचना तथा प्रविधि, कृषि प्रशोधन एवम् स्वास्थ्य तथा शिक्षा लगायतका क्षेत्रमा निजी लगानी आकर्षण गर्ने सन्दर्भमा लगानी सम्मेलनलाई फलदायी बनाउन सबै सरोकारवालाको उत्तिकै महत्वपूर्ण भुमिका रहने बताएका छन् ।
अर्थमन्त्री पुनले लगानी सम्मेलनमा अधिकतम बीटुबी (व्यावसायिक साझेदारी)का परियोजनामा लगानी जुटाउन बैठकमा उपस्थित निजी क्षेत्रका प्रतिनिधिहरूलाई आह्वान गरेका छन् ।
त्यस्तै, विभिन्न देशमा रहेका नेपाली कार्यालयको माध्यमबाट पनि लगानी सम्मेलनलाई सफल बनाउन पहल गर्न आवश्यक रहेको अर्थमन्त्रीको भनाई छ । उनले अवैतनिक दुतहरुसँग पनि भर्चुअल बैठक बसेर लगानी सम्मेलनको प्रचारप्रसार गर्न आवश्यक रहेको उल्लेख गरेका छन् । साथै अर्थमन्त्री पुनले लगानी सम्मेलनका लागि गैर आवासीय नेपालीहरुले बढी चासो देखाइरहेकाले उनीहरुलाई पनि बैठकमा सहभागी गराई उनीहरुको सुझाव लिन सकिने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्