काठमाडौं । राजापुर गेरुवा लघुवित्त कर्मचारी मन्चले वित्तीय जागरण कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्त कर्मचारी मन्चले चैत्र ८ गते ग्लोबल मनि विक २०२४ को अवसरमा ३० वटा लघुवित्त संस्थाहरूको सयुक्त सहकार्यमा वित्तीय जागरण कार्यक्रममा सम्पन्न गरेको हो ।
जसमा प्रथम चरणको मौन शान्तिपुर्ण र्याली मानपुर टपरा बजारमा भएको थियो। दोस्रो चरणको र्याली राजापुर बजार परिक्रमा गर्ने क्रममा डाइमन्ड होटल एण्ड पार्टी प्यालेस देखि शुरु भएर टेडिया चोकमा पुगेर फेरि त्यहि बाट फर्केर डाइमन्ड होटल एण्ड पार्टी प्यालेसमा पुगेर वित्तीय जागरण कार्यक्रम संचालन गरिएको थियो।
उक्त कार्यक्रमको सभापतित्व मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था शाखा कार्यालय राजापुरका शाखा प्रबन्धक तथा यस मन्चका अध्यक्ष पहराम जैसिले गरेका थिए । प्रमुख आतिथ्यता सबिधान सभा सदस्य तथा पुर्ब भुमीसुधार मन्त्री तथा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी निर्देशक डा. गोपाल दहितले गरेका थिए । साथै अन्य अतिथिहरुमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था केन्द्रीय कार्यालय कोहलपुरका नायव प्रमुख कार्यकारी अधिकृत राजकुमार पोखरेल, इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक किरण प्रसाद न्यौपाने, उपकार लघुवित्त वित्तीय संस्था केन्द्रीय कार्यालय कोहलपुरका सहायक प्रबन्धक चित्र बहादुर भन्डारी थिए ।
साथै अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका ब्यक्तिहरु, बिभिन्न लघुवित्तका अनुगमन अधिकृत ज्युहरु, राजापुर क्षेत्रका सम्पूर्ण बैंक तथा बित्तीय संस्थाहरुका शाखा प्रमुख, भद्रभलादमी तथा बुद्धिजीवी, सन्चारकर्मि, साथी एफएमका अध्यक्ष बिश्वमान प्रधान, साथी एफएमका स्टेसन म्यानेजर मिन प्रसाद अधिकारी, गुलरिया र भुरिगाउ क्षेत्रका लघुवित बित्तीय संस्थाका शाखा प्रमुखहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण यस क्षेत्रमा बुद्धिजीवी तथा समाजसेवी भुबन ढकालले गरेका थिए।
उक्त कार्यक्रममा प्रमुख अतिथीले हालको समसामयिक अर्थतन्त्र र वित्तीय जगतको अवस्थाबारे बृहत छलफल भएको थियो हालको वित्तीय क्षेत्रमा देखिएको अराजक गतिविधिलाई खण्डन गर्दै सम्पूर्ण उपस्थितिलाई वित्तीय जागृत भएर कर्जाको सहि सदुपयोग गर्न पनि जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा सम्पूर्ण उपस्थितिले माक्स लगाएर मौन शान्तिपुर्ण रयाली निकालेर नियमनकारी निकायलाई कर्मचारी सुरक्षाको बिषयमा मौन रहेको भनि ब्यङ्ग्य गरेको आयोजित समितिबाट लोकेन्द्र खड्काले बताए । ३६५ जनाको उपस्थिति रहेको थियो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्