Skip to content
LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकद्वारा निबन्ध लेखन प्रतियोगिता आयोजना, पोखरिया माध्यमिक विद्यालय उत्कृष्ट

अर्थ सरोकार

काठमाडौं। नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले ग्लोबल मनी विक २०२४ को उपलक्ष्यमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको  छ । ‘प्रोटेक्ट योर मनी, प्रोटेक्ट योर फ्युचर’ विषयक निबन्ध प्रतियोगितामा पोखरिया माध्यमिक विद्यालय विराटनगरमा कक्षा १२ मा अध्ययनरत छात्रा श्रेया गुप्ता प्रथम भएकी छिन् ।

विराटनगर महानगरपालिका स्थित उच्च माध्यमिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा चैत्र ५ गते सञ्चालन भएको निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई चैत्र ११ गते नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयमा आयोजित कार्यक्रममा कार्यालयका निर्देशक इन्द्रा चम्लागाई मैनालीले प्रमाण पत्र, मेडल तथा नगद पुरस्कार सहित पुरस्कृत गरेका छन् ।

प्रतियोगितामा बाल कल्याण माध्यमिक विद्यालय विराटनगरमा कक्षा १२ मा अध्ययनरत छात्रा स्वीकृति अधिकारी द्वितीय र आदर्श माध्यमिक विद्यालय विराटनगरमा कक्षा १२ अध्ययरत छात्र आदर्श बराल तृतीय भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK