×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार १०.१४ अंकले बढ्यो नेप्से परिसूचक

PRIME CA
GLOBAL IME BANK

मंगलबार १०.१४ अंकले बढ्यो नेप्से परिसूचक

१३ चैत्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १०.१४ अंकले बढेर २०४१.७० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १० कम्पनीको ६८ लाख ४२ हजार ३ सय ९२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३५ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको ९ करोड ३१ लाख ३९ हजार ७० रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै, मंगलबार सबैभन्दा बढी नाफा दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा सर्वोत्तम सिमेन्ट, वीन नेपाल लघुवित्त, पिपुल्स पावर लिमिटेड, थ्री स्टार हाइड्रोपावर र रिभर फल्स पावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको ९ करोड ३१ लाख ३९ हजार ७० रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोनापुर मिनिरल्स, जोशी हाइड्रोपावर, गुर्खाज फाइनान्स, हिमालयन रिइन्स्योरेन्स र दोल्ती पावरमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा धौलागिरी लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर ९.३५ प्रतिशतले घटेको हो । धौलागिरी लघुवित्तमा यस्तो गिरावट आउँदा भगवती हाइड्रोपावर, कुमारी धनबृद्धि योजना, लक्ष्मी भ्यालु फण्ड-२ र मानुषी लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: