Skip to content
LAXMI SUNRISE BANK

चिनियाँ नाकाबाट सुन तस्करी, काठमाडौँबाट २ जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । सुन तस्करी गरेको आरोपमा काठमाडौँबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-११ का २६ वर्षीय सुदीप विक र गोरखाका ३९ वर्षीय सोनाम दोर्जे लामा रहेको छन् ।

उनीहरुले चीनतर्फको रसुवा केरुङ नाका हुँदै सुन तस्करी गरेर काठमाडौँ ल्याएका थिए । उनीहरुलाई काठमाडौँ महानगरपालिका-१८ नरदेवीबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीका अुनसार उनीहरुको साथबाट भन्सार छलेर ल्याइएको १२८.७ ग्राम सुन पनि बरामद गरिएको छ ।

हाल पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK