काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १०.८३ अंकले घटेर २०३०.८६ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २३ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको ९ करोड ७२ लाख २२ हजार ३ सय २० रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै, बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा सर्वोत्तम सिमेन्टका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा हिमालयन ८०-२०, इस्टर्न हाइड्रोपावर, पिपुल्स पावर लिमिटेड, बलेफी हाइड्रोपावर र कुमारी धनवृद्धि योजनाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको ९ करोड ७२ लाख २२ हजार ३ सय २० रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा जोशी हाइड्रोपावर, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, हिमालयन रिइन्स्योरेन्स, गुर्खाज फाइनान्स र पिपुल्स हाइड्रोपावरमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५.६६ प्रतिशतले घटेको हो । कालिका लघुवित्त वित्तीय संस्थामा यस्तो गिरावट आउँदा श्रीजनशील लघुवित्त, उन्नति सहकार्य लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल रिपब्लिक मिडियामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्