काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको जनसंख्या विषयको परीक्षा पुनः लिने भएको छ । उक्त विषयको उत्तरपुस्तिका नै हराएपछि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले पुनः परीक्षा लिने भएको हो ।
पनिकाले ‘पीओपी-४२२’ विषयको परीक्षा चैत २१ गतेदेखि हुने भन्दै परीक्षा तालिकासमेत सार्वजनिक गरिसकेको छ । परीक्षा सञ्चालनका लागि सम्बन्धित क्याम्पसहरुलाई निर्देशनसमेत दिइएको छ ।
पनिकाका अनुसार परीक्षा चैत २१ गते बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । यसका लागि सूचना नै जारी गरेर चितवन रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पसले विद्यार्थीहरुलाई परीक्षामा सहभागी हुन बोलाएको छ ।
यता अछामबाट ‘फाउन्डेसन अफ एजुकेसन-४१२’ विषयको १७६ उत्तरपुस्तिका पनि टियुबाट गायब भएको छ । हाल उक्त विषयमा छानविन चलिरहे पनि उत्तरपुस्तिका नभेटिए पुनः परीक्षा लिइने टियुका अधिकारीहरुले बताएका छन् । यद्यपी हाल उक्त विषयमा आन्तरिक छलफल भइरहेको ती अधिकारीको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्