Skip to content
LAXMI SUNRISE BANK

सर्वोत्तम सिमेन्टमा लगातार सातौँ दिन पनि पोजेटिभ सर्किट

अर्थ सरोकार

काठमाडौं। सर्वोत्तम सिमेन्टको सेयरमा लगातार सातौँ दिन पनि  पोजेटिभ सर्किट लागेको छ । बिहीबार नेप्सेमा कारोबार सुरु भएको केही समय मै कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको हो ।

नेप्सेमा सुचिकृत भएर कारोबार सुरु गरेको सातौं दिन आज कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर १०८३ रुपैयाँ कायम भएको छ । बिहीबार कम्पनीको सेयर मूल्य ९८.४० रुपैयाँले बढेको हो ।

बुक बिल्डिङ विधिबाट प्राथमिक सेयर (आईपीओ) बिक्री गरेको कम्पनीको नेप्सेमा चैत ६ गतेबाट सेयर कारोबार सुरु भएको हो । लगातार कम्पनीको सेयर मूल्यमा सर्किट लागेपछि सवोत्तमका लगानीकर्ता मालामाल भएका छन् ।

सर्वोत्तम सिमेन्टको सुरुवाती कारोबार प्रतिकित्ता ५५६ रुपैयाँमा भएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK