×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भाइको सट्टामा एसइई परीक्षा दिने दाइ पक्राउ

PRIME CA

भाइको सट्टामा एसइई परीक्षा दिने दाइ पक्राउ

१५ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । भाइको सट्टामा एसइई परीक्षा दिने दाइ पक्राउ परेका छन् । दैलेखको त्रिभुवन माध्यामिक विद्यालयमा भाइको सट्टामा परीक्षा दिन बसेका १७ वर्षीय प्रेम न्यौपाने पक्राउ परेका हुन् ।

चैत १५ गते (आज)देखि सुरु भएको एसइईको अँग्रेजी विषयको परीक्षामा न्यौपानेले नियमित एसइई परीक्षार्थी सुनिल प्रसाद जैशीको सट्टामा परीक्षा दिएको पाइएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरीका अनुसार नक्कली परीक्षार्थी हो भन्ने थाहा पाएपछि पक्राउ गरेर न्यौपानेलाई थप कारवाहीका लागि प्रहरीको जिम्मा लगाइएको छ ।

पक्राउ परेका न्यौपाने नायारण नगरपालिका-१ स्थित त्रिभुवन माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्र हुन् । उनलाई महाबु गाउँपालिका गैडाबाज माध्यामिक विद्यालय, रानीवनका जैशीको परिक्षा दिंदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका न्यौपाने सुनिल प्रसाद जैशीको दाइ नाता पर्ने रहेको बताइएको ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: