×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, प्रतितोला एक लाख ३० हजार रुपैयाँ

PRIME CA
GLOBAL IME BANK

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, प्रतितोला एक लाख ३० हजार रुपैयाँ

१६ चैत्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २१०० रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला १२७९०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २१०० रुपैयाँले बढेर एक लाख ३० हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन २१०० रुपैयाँले बढेर प्रतितोला एक लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १५२५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ११ हजार ४ सय ५५ रुपैयाँ, प्रति १० ग्राम एक लाख १० हजार ९ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३०७.५० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: