×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अनुगमनको नाममा पटकपटक परीक्षा केन्द्रमा नजानू’

PRIME CA
GLOBAL IME BANK

‘अनुगमनको नाममा पटकपटक परीक्षा केन्द्रमा नजानू’

१६ चैत्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा निरीक्षणको नाममा माध्यामिक शिक्षा परिक्षा(एसईइ) हलमा धेरै संख्यामा मानिसहरू नजान निर्देशन दिएको छ । बिहीबारदेखि सुरु भएको एसइई परीक्षामा निरीक्षणको नाममा आधिकारिक व्यक्ति भन्दा अन्य पटक-पटक धेरै संख्यामा परीक्षा केन्द्र र परीक्षा हलमा गएकाले परिक्षार्थीलाई त्यसले लेखन कार्यमा असहज भएको गुनासो आएकाले बोर्डले धेरै संख्यामा मानिसहरु नजान आग्रह गरेको हो ।

बिहीबार भएको अंग्रेजी विषयको परीक्षामा पटक-पटक धेरै संख्यामा मानिसहरु अनुगमन र निरिक्षणको नाममा परीक्षा हल र केन्द्रमा जाँदा विद्यार्थीलाई लेख्न असहज भएको गुनासो आएको उल्लेख गर्दै बोर्डले परीक्षालाई व्यवस्थित, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न तथा गर्ने व्यवस्था मिलाउन भनेको छ ।

‘प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिसमेतका आधिकारीक पदाधिकारीहरु बाहेकका अन्य अनुगमनकर्ता र पर्यवेक्षकहरु समुहगत रुपमा र धेरै संख्यामा पटक पटक परीक्षा अनुगमनमा जाने कार्य नगर्नू ।’, कायम मुकायम परीक्षा नियन्त्रक नन्दलाल पौडेलद्वारा जारी सूचनामा उल्लेख छ ।

बिहीबार बिहान ८ बजे देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सुरु भएको थियो । चैत २७ गते सम्पन्न हुने परीक्षामा सहभागी हुन सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ जना छात्र र अन्य १५ जना गरी कुल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थीले फारम भरेका थिए । परीक्षाको दोस्रो दिन आज परीक्षार्थीले अनिवार्य नेपालीको परीक्षा दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: