×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

PRIME CA
GLOBAL IME BANK

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

१६ चैत्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा जिल्ला जिरी नगरपालिका वडा नं. ३ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ३२ तिनकुने बस्ने ४१ वर्षीय शिव बहादुर खड्का रहेका छन् ।
उच्च अदालत पाटनले बैंकिङ कसुर (मु.द.नं. ०७८-CB-०४४७) मुद्दामा २ दिन कैद र ९ लाख ९० हजार रुपैयाँ बिगो भराई, बिगो बमोजिम ९ लाख ९० हजार रुपैयाँ जरिवाना तथा क्षतिपुर्ति बापत पिडित राहत कोषमा ३९ हजार ६ सय रुपैयाँ जम्मा गराउने फैसला गरेपछि उनी फरार भएका थिए ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले चैत १४ गते ग्वार्कोबाट पक्राउ गरेको हो । पक्राउ परेका खड्कालाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालत लगनखेल पठाईएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: