×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्गा प्रसाईंको हतियारबारे गृह मन्त्रालयले छानविन गर्ने

PRIME CA

दुर्गा प्रसाईंको हतियारबारे गृह मन्त्रालयले छानविन गर्ने

१६ चैत्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । गृह मन्त्रालयले व्यवसायी दुर्गा प्रसाईंको हतियारबारे छानविन गर्ने भएको छ । प्रसाईंले लाइसेन्स लिएर राखेको स्वचालित हतियारबारे गृहले छानविन गर्ने भएको हो । यसका लागि गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट छानविन समिति बनाएको छ ।

गृह मन्त्रालयले बनाएको समितिमा गृहका सहसचिव राजेन्द्रदेव पाण्डे संयोजक छन् । उक्त समितिमा गृह मन्त्रालयका कानुन शाखाका उपसचिव ऋषि पौडेल, एसपी सन्तोष भट्टराई र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य रहेका छन् ।

गृहले बनाएको छानविन समितिले चैत ५ गते सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका प्रसाईंका बडिगार्डबाट बरामद गरेको स्वचालित हतियारकाबारेमा छानविन गर्नेछ ।

पक्राउ परेका प्रसाईंका बडिगार्डद्वय दीपक खड्का र रामकुमार धिमालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै अदालतले उनीहरुलाई थुनामुक्त गर्न र लाइसेन्स लिएरसमेत राख्न नमिल्ने स्वचालित हतियारको लाइसेन्स प्रसाईंले कसरी पाए ? भन्ने बारेमा छानविन गर्न आदेश दिएको थियो । सोही आदेश अनुसार गृहले छानविन समिति बनाएको हो । उक्त समितिले छानविन सुरु गरेको १५ दिनभित्र प्रतिवेदन पेश गुर्नपर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: