काठमाडौं। निर्माण व्यवसायीको रकम चाँडै भुक्तानी हुनुपर्ने महासंघका अध्यक्ष ढकालले बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २५औं वार्षिकउत्सव कार्यक्रममा बोल्दै ढकालले निर्माण व्यवसायीहरुले सरकारबाट आफ्नो भुक्तानी चाँडै पाउनुपर्ने धारणा व्यक्त गरेका हुन्।
अध्यक्ष ढकालले देशको विकासका लागि पूर्वाधार विकास सबैभन्दा महत्त्वपूर्ण पक्ष हो भन्ने कुरा सरकारले बुझ्नु पर्ने धारणा व्यक्त गरे ।
हाल राज्यबाट व्यवसायीहरुलाई निर्माण कार्यको अरबौं रकम भुक्तानी गर्न नसकेको हुँदा व्यवसायीहरुले सप्लाई चेन, बैंक किस्ता एवं श्रमिकहरु लगायत करको ठूलो रकम भुक्तानी गर्न नसकी व्यवसायीहरु आर्थिक रुपमा समस्याग्रस्त भएको उनले बताए ।
कार्यक्रममा बोल्दै ढकालले निर्माण व्यवसायीहरुलाई बैंकहरुबाट सजिलैसँग ऋण प्रवाह हुनसक्ने संयन्त्र बनाउनु पर्नेमा पनि जोड दिए । अन्तमा, नेपाल निर्माण व्यवसायी महासंघलाई नेपालमा पूर्वाधार विकासको लागि अटल प्रतिबद्धताको लागि धन्यवाद दिए ।
सो कार्यक्रमको उद्धघाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्