×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डको दाबी- ‘८४ मा माओवादी सबैभन्दा ठूलो दल बन्छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रचण्डको दाबी- ‘८४ मा माओवादी सबैभन्दा ठूलो दल बन्छ’

Artha Sarokar

१६ चैत्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले २०८४ को आम निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन् । माओवादी धारका पार्टीहरूबीच एकता प्रक्रिया अगाडि बढेको भन्दै मकवानपुरमा माओवादी केन्द्रका कार्यकर्तासँगको भेटमा दाहालले यस्तो दाबी गरेका हुन् ।

उनले माओवादी निकट दलहरुको एकताले नै आफ्नो पार्टीलाई सबैभन्दा ठूलो दल बनाउने उल्लेख गरेका छन् ।

त्यस्तै, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउने तयारीका साथ सरकार अगाडि बढेको बताउँदै प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८१/८२ को बजेट उत्पादन एवम् रोजगारी विस्तारमा केन्द्रित हुने र सोहीअनुसार नयाँ योजनाहरू तयार गर्न सरकार लागिपरेको बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी